वडाद्धरा ढाकातान वितरण
पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ८ मा महिला लक्षित कार्यक्रम अन्तर्गत संचालित २ महिने ढाकातान तालिम तथा तान वितरण गरेको छ ।
नुमाफुङ महिला समूहले आयोजना गरेको कार्यक्रममा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको अगुवाइमा कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थितीमा वितरण गरेको हो । वडा भित्रका २५ जनाले ढाकाको टोपी, सारी, लुङ्गी, गलबन्दी, लेहेङ्गा बुन्ने तालिम लिएका थिए ।





