शैक्षिक क्षेत्रमा साङग्रीला इङ्लिस एकेडेमी स्थापित नाम हो 

शैक्षिक क्षेत्रमा साङग्रीला इङ्लिस एकेडेमी स्थापित नाम हो 
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ स्थापित साङग्रीला इङ्लिस एकेडेमी शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको शैक्षिक संस्था हो । कक्षा नर्सरी देखी कक्षा ५ सम्मा सञ्चालनमा रहेको साङग्रीला इङ्लिस एकेडेमीमा १५० जना विद्यार्थीहरू पढिरहेका छन् । भौतिक संरचना व्यवस्थित बनाएर सञ्चालनमा रहेको साङग्रीला इङ्लिस एकेडेमीमा दक्ष तथा अनुभवी शिक्षक/शिक्षिका बाट पठनपाठन सञ्चालन भइरहेको छ । क...

भोली चैत्र १ गते पथरी शनिश्चरेका निजी विद्यालयमा शोक बिदा दिने निर्णय 

भोली चैत्र १ गते पथरी शनिश्चरेका निजी विद्यालयमा शोक बिदा दिने निर्णय 
पथरी । भोली चैत्र १ गते पथरी शनिश्चरेका निजी विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ । अरुणोदय अङ्ग्रेजी स्कुलका सञ्चालक तथा निर्देशक श्री विनोद कुमार पाहिमको निधन भएको हुनाले प्याब्सन पथरी शनिश्चरे नगर समितिले शोक बिदा दिने निर्णय गरेको हो । भोली १२ः३० बजेको समयमा स्व. विनोद कुमार पाहिमको शवयात्रा विद्यालय प्राङ्गणबाट हुने भएको जानकारी दिँदै उक्त कार्यमा सहभागी हुन सम्पूर्ण संस्थापक, प्रिन्सि...

खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको निधन

खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको निधन
पथरी । पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाको निधन भएको छ । विगत डेढ दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन तथा प्रकाशन गर्दै आएका तिम्सिनाको गएराती निधन भएको हो । केहीदिन अगाडी प्रेसरको कारण अस्पताल भर्ना गरिएको थियो । तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (...

लर्डबुद्ध साकोसमा सर्वसम्मत नयाा नेतृत्व निर्वाचित

लर्डबुद्ध साकोसमा सर्वसम्मत नयाा नेतृत्व निर्वाचित
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक सधरण सभाबाट नयां नेतृत्व सर्बसम्मत निर्वाचित भएको छ । दोर्ण बहादुर खड्काको अध्यक्षतामा कुमारी शाही उपाध्यक्ष, प्रतिमान राई सचिवम, बालकुमारी तामाङ सह–सचिव, र योगेन्द्र भण्डारी कोषाध्यक्षमा निर्वाचित भएको हो । सदस्य पद्मा पवित्रा चौलागाईं, भीमप्रसाद भेटवाल, कृष्णप्रसाद निरौला, र रिना राई नि...

पिकनिक स्थल सरसफाई तथा मर्मतको काम हुँदै

पिकनिकको सिजन सुरु भएसंगै शान्ति सामुदायिक वन उपभोक्ता समूहले संचालनमा ल्याएको पिकनिक स्थल भूल्के सिमसार भित्र सरसफाई तथा बाटो मर्मतको काम गरिरहेको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा रहेको भूल्के सिमसारमा पिकनिक स्थल भित्र स्टल, बाटो, पानी, विजुलीको मर्मत सुविधा सम्पन्न सौचालय सफाई तथा मर्मतको काम भइरहेको हो । पिकनिक खान आउने पाहुनको लागि आवश्यक दाउराको समेत प्रबन्ध गरि सकिएको समितिका उपा...

क्षयरोग स्क्रिनिङ शिविर सञ्चालनको लागि अभिमुखीकरण

क्षयरोग स्क्रिनिङ शिविर सञ्चालनको लागि अभिमुखीकरण
पथरी । उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ शिविर सञ्चालनको लागि अभिमुखीकरण तथा स्वयंसेवक छनौट र शिविर सञ्चालन तथा पूर्व तयारी बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवि माया काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा जगत प्रसाद मगरले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन ख...

एक दिने निःशुल्क शिविर सञ्चालन

एक दिने निःशुल्क शिविर सञ्चालन
पतरी । पथरी शनिश्चरे १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजङ्घा दैवी प्रकोप व्यवस्थापन समिति सँगको सहकार्यमा विराटनगरमा रहेको दिव्य ज्योति अस्पतालको स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी र आंखासम्बन्धि सेवा दिने उद्देश्यले शनिवार सञ्चालित उक्त शिविरमा करिब १ सय ५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजङ्घा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम के डिले जानकारी दिए । संस्थाको भवन...

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जनाको स्वास्थ्य परीक्षण 

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जनाको स्वास्थ्य परीक्षण 
पतरी । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वस्थ्य शिविरमा १२८ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । हिजो शुक्रवार शनिश्चरे स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरमा १२८ जनाले स्वास्थ्य परीक्षण गराएको हो ।  स्वास्थ्य परीक्षणका क्रममा पाठेघरको मुखको क्यान्सर स्कृनिड्ग गर्दा ६ जना भी. आई. ए पोजेटिभ पाइएको र परामर्श गरी रेफर गरिएको थियो । ⁠२ जनाको आङ खाम्ने समस्या, ⁠विभिन्न प्रजनपन ...

वडा नं. १० मा बाली वीमा सम्वन्धी अभिमुखीकरण

वडा नं. १० मा बाली वीमा सम्वन्धी अभिमुखीकरण
पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम वडा नं. १० मा सम्पन्न भएको छ । आज वडा नं. १० को कार्यालयमा भएको तालिमको अध्यक्षता कार्यपालिका सदस्य एवं वडा सदस्य मिना तामाङको रहेको थियो । यस्तै वडा अध्यक्ष जीवन खतिवडाको प्रमुख आतिथ्यमा वडाका कृषकहरुको सक्रिय उपस्थितिमा तालिम सम्पन्न भएको हो । सो तालिमको सहजीकरण नगरका कृषि प्राविधिक अधिकृत प्रवेश...