पिकनिकको सिजन सुरु भएसंगै शान्ति सामुदायिक वन उपभोक्ता समूहले संचालनमा ल्याएको पिकनिक स्थल भूल्के सिमसार भित्र सरसफाई तथा बाटो मर्मतको काम गरिरहेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा रहेको भूल्के सिमसारमा पिकनिक स्थल भित्र स्टल, बाटो, पानी, विजुलीको मर्मत सुविधा सम्पन्न सौचालय सफाई तथा मर्मतको काम भइरहेको हो ।
पिकनिक खान आउने पाहुनको लागि आवश्यक दाउराको समेत प्रबन्ध गरि सकिएको समितिका उपाध्यक्ष नवराज मिश्रले जनाउनु भयो ।
पिकनिक स्थलभित्र शान्ति सुरक्षालाई ध्यानमा राखेर सिसिक्यमेरा राखिएको र समितिले स्वयम सेवक परिचालन गरि सुरक्षाको काम गरिने समितिका अध्यक्ष कुलमणि गुरुङले जानकारी दिनु भयो ।
१९ वटा पिकनिक स्टल रहेको र यसलाई ब्यवस्थापनका लागि समितिले काम गरिरहेको जनाइएको छ ।
शनिबार अलि बढी भिडहुने भएकाले विशेस ध्यान दिएर काम गरिने पनि अध्यक्ष गुरुङको भनाई रहेको छ ।
४५ टिमसम्मलाई ब्यवस्थापन गरिसकिएको अनुभव रहेको जानकारी दिंदै एउटा स्टलको १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।
वृद्धवृद्धा, विद्यार्थीलाई समितिसंगको समन्वयमा छुटसमेत रहेको जनाइएको छ ।
यातायात, भाडावर्तन सरसफाई, टेन्ट, कुक, साउण्ड सिस्टम को समेत ब्यवस्थापन गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।
पिकनिक स्थलमा पिङ, नाउ, मनोरेल, टिकटक भिडियो स्थल, फोटो खिच्ने ठाँउ छ ।

तपाईको प्रतिक्रिया