
पथरी । पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाको निधन भएको छ ।
विगत डेढ दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन तथा प्रकाशन गर्दै आएका तिम्सिनाको गएराती निधन भएको हो । केहीदिन अगाडी प्रेसरको कारण अस्पताल भर्ना गरिएको थियो । तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) मोरङका जनप्रतिनिधि संङगालो (२०७९) “माइखोलादेखि पुनर्वाससम्म“ (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण (२०८१) रहेका छन् । पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीको इतिहास गोरखा सम्मनै पुगेर गहन खोज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीको कथा व्यथा समेटिएको कृति माईखोलादेखि पुनर्वाससम्म, तराईका आदिवासी ’’धिमाल जातिको इतिहासझझ र ’’इतिहासमा पथरी शनिश्चरे ’जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्मझ तिम्सिनाको चर्चित पुस्तकहरु हुन् ।





