
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक सधरण सभाबाट नयां नेतृत्व सर्बसम्मत निर्वाचित भएको छ ।
दोर्ण बहादुर खड्काको अध्यक्षतामा कुमारी शाही उपाध्यक्ष, प्रतिमान राई सचिवम, बालकुमारी तामाङ सह–सचिव, र योगेन्द्र भण्डारी कोषाध्यक्षमा निर्वाचित भएको हो ।
सदस्य पद्मा पवित्रा चौलागाईं, भीमप्रसाद भेटवाल, कृष्णप्रसाद निरौला, र रिना राई निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक सरदचन्द्र दाहालले जानकारी दिनु भयो ।

यस्तै लेखा समिति संयोजक पदमा निवर्तमान उपाध्यक्ष भोजराज चौहान सदस्य पदमा रविन कुमार राई र मिना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन मण्डलको सदस्य सचिव तथा सोही संस्थाको ब्यवस्थापक गणेश कुमार राईले बताउनु भयो ।
नव निर्वाचित समितिका पदाधिकारी, सदस्य र लेखा तथा सुपरिवेक्षण समितिमा निर्वाचित सबैलाई शपथ ग्रहणको कार्यक्रम समेत सम्पन्न भयो ।
असोज २६ गते नै निर्वाचन मण्डलले निर्वाचित समितिको अन्तिम नामावली प्रकाशन गरेको थियो ।





