पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य मजबुद बनाउने प्रयास
विजय खम्बु
विषय प्रवेश
भनिन्छ ‘स्वास्थ्य नै धन हो ।’ स्वास्थ्य ठिक भएन भने जतिसुकै धन भए पनि व्यक्ति र परिवारमा शान्ति हुन्न । स्वास्थ्य अवस्था ठिक भए मात्र धन, इष्टमित्र कमाउन सकिन्छ । स्वास्थ्य खराब भएमा उपचार गर्दा भए जति सम्पूर्ण धन सकिन पनि सक्दछ ।
धन कमाउन, धन जोगाउन वा व्यक्ति र परिवारमा खुसी, शान्ति हुन स्वास्थ्य तन्दुरुस्त हुनुपर्छ । नागरिक स्वास्थ्य हुनुपर्छ । नागरिक स्वास्थ्य हुन, ...









