पथरी । गएराती पथरी शनिश्चरे नगरपालिका २ बुद्ध चौक स्थीत वृहस्पति मार्गमा घरमा चोरीको घटना भएको छ ।
घरमा कोही नभएको मौका बनाएर स्थानिय अम्मर लिम्बुको घरमा चोरीको घटना भएको हो ।
घरधनी अमर लिम्बु परिवार सहित भारतमा रहेको र घरभाडामा बस्ने अस्मीता लिम्बु विरामी भएर अस्पताल भर्ना भएको अवस्थामा यो घटना भएको थियो ।
घरको पछाडीपट्टी रहेको ढोकामा रहेको आल्मुनियमको छिडकीनीलाई फलाम जन्य सामग्री प्रयोग गरि ढोका फोरको अवस्था जस्तो स्थलगत रुपमा देख्न सकिन्छ ।
कोठा भाडा बस्ने अस्मीता लिम्बुको भाइ बिहान कोठामा आउँदा चोरी भएको देखिएपछि छिमेकी र प्रहरीलाई खबर गरेको जनाइएको छ ।
कोठा भाडामा बस्ने अस्मीता लिम्बुको नगद ४५ हजार रुपैयाँ, १ तोला बराबरको ४ वटा चाँदीको औठी र घरधनी लिम्बूको सुनको चारआनाको तिलरी चोरी भएको इप्रका पथरीका प्रमुख डिएसपी बीर दत्त पन्तले जानकारी दिनुभयो ।
यस विषयमा इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी पन्तको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया