पथरी । मिर्गौला रोगले ग्रस्त बन्नु भएकी रमिता रसाइलीले पैसा अभाव भएकै कारण विगत २० दिन देखी औषधी सेवन गर्न पाउनु भएको छैन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मिलन चौक बस्नुहुने रसाइलीले पैसा अभाव भएकै कारण औषधी खान नपाउनु भएको हो ।
विगत १ वर्ष अगाडीदेखि मिर्गौला रोगले च्याप्न थालपछि उपचार गराउँदै आउनु भएको थियो । वहाँको मान बहादुर बिक का अनुसार पैसा नभएकै कारण औषधी खुवाउन नसकेको बताउनु हुन्छ ।
नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेको र डाक्टरले डाइलोसिस गर्न भनेपछि पैसा अभावकै कारणले गर्दा उपचार समेत गर्न नसकेको मानबहादुरको कथन छ ।
दैनिक ज्याला मजदुरी गरेर मुस्किलले परिवारको गर्जो टार्दै आउनु भएका मान बहादुरलाई यति बेला सकस परिरहेको छ ।

तपाईको प्रतिक्रिया