पथरी । सिंह वाहिनी मावि पथरी शनिश्चरे नगरपालिका वडा न. ९ मोरङमा २ लाख रुपैयाँको जीत बहादुर÷ कला राई अक्षयकोष स्थापना गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १० स्थायी घर भई हाल अष्टेलियामा बसोबास गर्नुहुने पूर्व शिक्षक जीत बहादुर राई र वहाँको श्रीमती कला राईले उक्त अक्षयकोष स्थापना गरिदिनु भएको हो ।
अक्षयकोषका लागि नगद २ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कठायत, विद्यालयका प्रधानाध्यापक उमेश कुमार खड्का र वडा न. ९ का वडा अध्यक्ष वीर बहादुर राईलाई संयुक्त रूपमा राई दम्पतीले हस्तान्तरण गर्नु भएको थियो ।
अक्षयकोषदाता राई परिवारलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कठायत र वडा अध्यक्ष वीर बहादुर राई, पूर्व विब्यस अध्यक्ष टङ्क भण्डारी, वडा न. १० का वडा सदस्य मिना तामाङले दोसल्ला र सम्मान पत्रले सोही कार्यक्रममा सम्मान समेत गर्नु भयो ।
उक्त अक्षयकोषबाट आएको ८० प्रतिशत ब्याज रकमले विद्यार्थीको हित हुने ठाउँमा खर्च गरेर २० प्रतिशत रकम अक्षयकोषमा जम्मा गरिने विद्यालयका प्रधानाध्यापक  उमेश कुमार खडाकाले बताउनु भयो ।
अक्षयकोष दाता जीतबहादुर राईले यो अवसर प्रदान गरिएको प्रति विद्यालय परिवारलाई धन्यवाद दिनु भयो । आफूले पैसा धेरै भएर नभई गरिब तथा जेहेन्दार विद्यार्थीसंग सहकार्य गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनु भयो ।
सोही कार्यक्रममा युवा व्यवसायी आमोस खवासले नगद ५० हजार रुपैयाँ बराबरको विद्यालय पोसाकका कपडा, स्टेसनरी सामग्री र प्रोजेक्टर प्रदान गर्नु भएको थियो ।
वहाँलाई वडाध्यक्ष राईले सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

तपाईको प्रतिक्रिया