पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ स्थापित साङग्रीला इङ्लिस एकेडेमी शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको शैक्षिक संस्था हो ।
कक्षा नर्सरी देखी कक्षा ५ सम्मा सञ्चालनमा रहेको साङग्रीला इङ्लिस एकेडेमीमा १५० जना विद्यार्थीहरू पढिरहेका छन् ।
भौतिक संरचना व्यवस्थित बनाएर सञ्चालनमा रहेको साङग्रीला इङ्लिस एकेडेमीमा दक्ष तथा अनुभवी शिक्षक/शिक्षिका बाट पठनपाठन सञ्चालन भइरहेको छ ।
कम्प्युटर, विज्ञान सामग्री सहितको ल्याब, पर्याप्त खेलकुद सामग्री, वातावरणमैत्री हिसाबले सञ्चालन गर्दा अभिभावक खुसी छन् ।
यो विद्यालयले स्थानीय शैक्षिक क्षेत्रमा राम्रो योगदान गरिरहेको संस्था हो । यहाँबाट पास आउट भएर गएका विद्यार्थीले अन्य विद्यालयमा राम्रो नतिजा दिइरहेको संस्थापक प्रिन्सिपल कमल खरेलले जानकारी दिनु भयो ।
अहिलेसम्म करोड ५० लाख रुपैयाँ लागतमा यो विद्यालय सञ्चालन भइरहेको प्रिन्सिपल खरेलले बताउनु भयो ।
आर्थिक अवस्था नाजुक भएका अभिभावकका विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको छ ।
१० प्रतिशत अनिवार्य छात्रवृत्ति प्रदान गर्नु पर्ने भए पनि त्यो भन्दा बढी विद्यार्थीले सुविधा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया