
पथरी । भोली चैत्र १ गते पथरी शनिश्चरेका निजी विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।
अरुणोदय अङ्ग्रेजी स्कुलका सञ्चालक तथा निर्देशक श्री विनोद कुमार पाहिमको निधन भएको हुनाले प्याब्सन पथरी शनिश्चरे नगर समितिले शोक बिदा दिने निर्णय गरेको हो ।
भोली १२ः३० बजेको समयमा स्व. विनोद कुमार पाहिमको शवयात्रा विद्यालय प्राङ्गणबाट हुने भएको जानकारी दिँदै उक्त कार्यमा सहभागी हुन सम्पूर्ण संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारीले समेत अनुरोध गरेको छ ।





