
छेन्खामा राई
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ लामाटोली स्थित स्थानियहरुको एक भेलाले टोल सुधार समिति गठन गरेको छ ।
आज सामुदायिक भवनमा भएको भेलाले स्थानिय युवा अमिर कार्कीको अध्यक्षतामा लामाटोल सुधार समिति गठन गरेको हो ।
समितीको सचिव पदमा अनिरुद्र दाहाल, कोषाध्यक्ष मिलन तितुङ सदस्यहरुमा दीपेन्द्र अधिकारी, विष्ण्ॉ बहादुर कार्की, कविता बिक, गौठी लामा, अरुणा जोगी तिर्थ कार्की रहेका छन ।
नजिकिदै गरेको चाडबाडलाई मध्य नजर गरि चोरीका घटना नियन्त्रण गर्न, गाउँ–टोलको चौतर्फी विकासका साथै सामाजिक कार्यमा सक्रिय रहने उद्देश्यले उक्त समिति गठन गरिएको जनाइएको छ । कुलत तथा लागूऔषधको दलदलमा फसेका युवाहरूलाई उद्धार तथा पुनस्र्थापना गर्न पहल गर्ने लक्ष्य रहेको छ ।
आजको भेलामा स्थानिय अगुवाहरु रमेश दाहाल टीका दाहाल लगायतको उपस्थितीमा रहेको थियो ।





