रुसी प्रोपागाण्डा बजाउने अमेरिकी रेडियो सञ्चालक भन्छन् – ‘बाक् स्वतन्त्रताको पक्षधर हुँ’

रुसी प्रोपागाण्डा बजाउने अमेरिकी रेडियो सञ्चालक भन्छन् – ‘बाक् स्वतन्त्रताको पक्षधर हुँ’
काठमाडौं- हाल विश्वका विभिन्न मुलुहरुले रुसी प्रोपागाण्डालाई रोक्न भन्दै रुसी सरकारद्वारा सञ्चालित आरटी टेलिभिजन, स्पुत्निक रेडियो र यस्तै मिडियाहरुलाई धमाधम प्रतिबन्ध लगाउँदै आएका छन् । तर, अमेरिकामा एउटा रेडियो स्टेशनले रुसी रेडियो कार्यक्रम प्रस्तुत गरिरहेको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास शहरको नजिकै रहेको एउटा सानो रेडियो स्टेशनले रुसी कार्यक्रम प्रसारण गरेको हो ।उक्त रेडियो स्टेशन...

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने
के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक...

भोक्राहामा अजिङ्गर फेला

भोक्राहामा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचार...