लोक बहादुर चौहान
पिटर्सवर्क अमेरिका । विश्व शान्ति, मानव एकता जीवित प्रणिहरुको रक्षार्थ भन्दै यस वर्षको उभौली पर्व अमेरिकामा पनि बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि आइतबार मनाएका छन ।
किरात कल्चरल सोसाइटी अफ पिटर्सवर्क अमेरिकाले यहाँ रहेको जातजाती र संघ संस्थाको सहभागितामा साँस्कृतिक कार्यक्रम आयोजना २०८२ को उभौली पर्व मनाएको हो ।
उभौली पर्वको अवसरमा विश्व शान्ति, मानव एकता र जीवित प्राणिहरुको रक्षार्थ पुजा गरेर उभौली कार्यक्रम मनाएको थियो ।
कार्यक्रममा पिटर्सवर्ग शहरमा रहेको नेवार समाज, गुरुङ बुद्धिष्ट कम्यूनिटी, किरात राई यायोक्खा, हिमालय फाउण्डेसन, ओमकार परिवार, तामाङ समाज, तथा आयोजक कमिटीको तर्फबाट बिभिन्न जातिय परम्परागत सास्कृतिक नृत्य र गितहरु प्रस्तुत गरेका थिए ।
यस्तै उक्त कार्यक्रममा नेपाली सांगितिक रयालीटी सो भ्वइस अफ किड्स सिजन ३ की विजेता अनुया तामाङले बिभिन्न गितहरु प्रस्तुत गरिन ।
कार्यक्रमको प्रमुख अतिथी केसि ओएका नरेश लावती र विशेस अतिथी मिरा लोहोरुङ रहनु भएको यियो भने सोसाइटीका अध्यक्ष जीवन सुब्बाको सभापतित्वमा सागर मुकारुङ, राधा राई र पुनम राईले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया