
पथरी । नेपाली कंग्रेस पार्टी प्रदेश नम्बर १ का महामन्त्री भुपेन्द्र राईलाई मातृशोक परेको छ । खोटाङ दिपु्रङ चुइचुम्मा गाउँपालिकाका स्थाई घर भई हाल ललितपुर स्थित हरिसिद्धी क्यानसर अस्पतालमा उपचारत अवस्थामा राईको आमा ७९ वर्षकी गुम्माकुमारी राईको निधन भएको भएको हो ।
लामो समयदेखी फोक्सोको क्यानसरबाट ग्रसित राईको बुधवार बेलुकी निधन भएको थियो । शवलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर –१ याम्खामानै किरात संस्कार अनुसार दाहसत्कार गरिने परिवार स्रोतले जनाएको छ ।




