इलाका प्रहरी कार्यालय पथरीको यो फाइल तस्वीर हो ]

पथरी । गत वर्षको साउन महिना देखी गतेदेखी जेठ यस वर्षको मसान्तसम्माको रिर्पोट अनुसार २८ जनाले आत्माहत्या गरेका छन ।
इलाका प्रहरी कार्यालय पथरीको मातहत क्षेत्र भित्र मात्रै यस्तो तथ्याङक रहेको हो । इप्रका पथरीको तथ्याङक अनुसार ४ जनाको हत्या भएको छ । हत्यामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा चलाएको तथ्याङक छ । यस्तै सवारी दुरघटनामा परि १० जनाको मृत्यू भएको तथ्याङक छ । जबरजस्ती करनीको ५ वटा मुद्धा चलाएको प्रहरीको भनाई रहेको छ भने जबरजस्ती करणी उद्योगमा ४ वटा मुद्धा चलेको छ ।
चारीको घटनामा १६ जनालाई मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ओसार पसारमा १७ जनालाई मुद्धा चलाएको उल्लेख छ । इलाका प्रहरी कार्यालय पथरीले जनाए अनुसार भबितब्यमा परि २३ जनाको मृत्यू भएको छ ।

तपाईको प्रतिक्रिया