खाँदबारी । संखुवासभा जिल्ला अदालतले छ जनाको हत्यामा संलग्नलाई आजिवन काराबास सजाय सुनाएको छ ।
०७८ भदौ २१ गते एकै परिवारको ६ जनाको हत्यामा संलग्न भएका २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई अजिवन कारावास सजाय सुनाएको हो ।
हत्यामा संलग्न १७ वर्षीय नरेशलाई भने एक तिहाई सजाय (२५ वर्ष) कारावास सुनाएको छ ।
उनिहरुले ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या गरेका थिए ।
संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गदैं उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुईदुई लाख रुपैयाँ क्षतिपुर्ती रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए ।

तपाईको प्रतिक्रिया