
पथरी । चोरीको मोवाईल र ल्यापटप सहित १ जना भारतिय युवा पक्राउ परेका छन ।
१९ गते दिउसो ४ बजे मोरङको बुढिगंगा गाउँपालिका वडा नं.–४ बाट भारतको सिपौल जिल्ला भिमनगर ग्रामपञ्चायत वडा नं.–२ बस्ने बर्ष ३१ को नबिन देबल पक्राउ परेको हो । देवलले प्रयोग गरेको बिआर १० एन ६६१७ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । देवलको साथबाट एप्पल कम्पनीको ल्यापटप १ थान बिभिन्न कम्पनीको मोवाइल ५ थान भारतिय रुपैयाँ ४० हजार नेपाली नोट ९ हजार ४२ रुपैयाँ खुकरी १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तस्वीर स्रोत जिप्रका मोरङको फेसबुक पेजबाछ साभार




