पथरी । जनता समाजबादी पार्टीको केन्दीय समितिको बैठक सरेको जनाएको छ । केन्द्रीय कार्यालय काठमाण्डौं बालकुमारीमा असार २८ र २९ गते बस्ने भनि सुचना जारी गरे पनि बैठक एक दिन पछाडी सरेको हो ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेको बिज्ञप्ती अनुसार असार २९ र ३० गते वीरगंजमा बस्ने जनाईएको छ । २८ गते मुस्लीम समुदायको वकर इद (कुर्वानी) परेको हुदा बैठक सारिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया