पथरी । संखुवासभाको दुमकट्टामा टयाक्टर दुरघटना हुदा २ जनाको मृत्यु भएको छ । संखुववसभा धनकुटा लेगुवा सडक खण्डमा मलामी बोकेर फर्कदै गरेको को २ त ३९६१ नम्बरको मलामी बोकेको टयाक्टर दुरघटना हुदा चैनपुर १० वर्ष २२ का गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षका केशव कार्कीको मृत्यु भएको हो ।
गाउको मलामी बोकेर पिलुवा खोलामा सद्गदको काम सकेर फर्कदै गर्दा मलामी बोकेको टयाक्टरको लोडपिन भाँचिदा अन्य ४४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले टेलिफोनमा बताए ।
अन्य ४४ जना घाइतेहरुलाई मनकामना हस्पीटल खाँदबारी र खाँदबारी अस्पताल उपचार हुदैछ । ट्याक्टर चालक चैनपुर १० का मोहन तामाङ प्रहरी नियन्त्रणमा छन ।

तपाईको प्रतिक्रिया