
पथरी । मानब बेचबिखन तथा ओसार–पसारमा संलग्न २ जना जेल चलान भएका छन । १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार सुचिमा रहेका सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव जेल चलान भएका हुन ।
सुमन श्रेष्ठले ५ बर्ष ८ महिना २९ दिन कैद सजाय गर्न पर्ने छ भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुत्तान गर्नु पर्नेछ ।
उनिहरु दुबैजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटि टोली खोजतलास गर्दा गाउबाट नै पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई सुनसरीको झुम्का कारागार पठाइएको छ ।




