पथरी । पथरीशनिश्चरेमा सामाजिक कार्यमा अगाडी रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आजिवन भत्ता वितरण गरेको छ ।
संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गरि ७० बर्षदेखि माथिका २५ जना ज्येष्ठ सेयर सदस्यहरुलाई आजिवन भत्ता वितरण गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्बापोमार्फत २५ जना ज्येष्ठ सदस्यहरुलाई मासिक ८ सय ५० रुपैयाँका दरले बैशाख, जेठ र असार गरी ३ महिनाको भत्ता जनही २ हजार ५ सय ५० रुपैया प्रति सदस्यलाई वितरण गरेको संस्थाका ब्यवस्थापक गणेशकुमार राईले जनाए ।
लर्डबुद्धले २०७४ बैशाखदेखि ज्येष्ठ सदस्यहरुलाई आजीवन भत्ता दिन प्रारम्भ गरेको थियो ।

तपाईको प्रतिक्रिया