
भन्सार छली गरि भण्डारण गरेको खाद्यन्न सामग्री नियन्त्रणमा लिए पछि ।
पथरी । इलाका प्रहरी कार्यालय काकडभिट्टाले अबैध सुपाडी बोकेको गाडी बरामद गरेको छ । झापाको मेचिनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडक खण्डबाट शनिवार बिहान ११ बजेको समयमा सुपाडी बाकेको मे.१च ४९८० नम्वरको पिकअप गाडी बरामद गरेको हो । बराम गरेको गाडीबाट करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य हुन आउछ ।
प्रहरी पक्राउ गरेको सुपारी, पिकप भेन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरी बतायो ।
यस्तै गरि भन्सार छली गरि भण्डारण गरेको खाद्यन्न सामग्री बरामद गरेको छ । १ नम्बर प्रदेश प्रहरी टोलीले बिराटनगर–६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा २ हजार ३ सय ५० के.जि., मटर ३२ बोरा ९ सय ६० के.जि., छोकडा ५ बोरा २ सय ५० के.जि., पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको जनाएको छ ।
बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जानकारी दिएको छ ।




