
पथरी । बरुण हाइड्रोपावरमा कार्यरत प्लान अपरेटरलाई करेन्ट लागेर मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–६ काम गर्ने क्रममा शनिवार बेलुका साढे ४ बजेको समयमा राप्ती गाँउपालिका ३ दाङका २५ वर्षका दिपक न्यौपानेको मृतयु भएको हो ।
बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक न्यौपानेको लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान ल्याएको प्रहरीले जानकारी दिएको छ ।




