पथरी । आफनै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ का ५७ बर्षका सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती वर्ष ५५ की बुदामाया बि. क. र स्थानीय वर्ष ५३ की ङिमा तामाङ पक्राउ परेकी हुन ।
असार २५ गते राती श्रीमान र श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी खटिएको टोलीले अनुसन्धान गर्दा हत्याको अशंकामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको प्रहरी जनायो ।

तपाईको प्रतिक्रिया