पथरी । समाजवादी पार्टीनेपालले स्थानिय निर्वाचन नजिकिदै जाँदा कंगठन निर्माण अभियानलाई तिब्र बनाएको छ ।
संबिधान सभा सदस्य चण्डीप्रसाद राई राई प्रदेश १ का सांसद कृष्णाकुमारी राई तथा सुकुम्बासी आयोगका पूर्व मोरङ अध्यक्ष मानप्रसाद लिम्बु सहितको टिम अहिले संगठन निर्माण अभियानलाई तिब्रता दिएको हो ।


बिहिवार पथरीशनिश्चरे नगरको वडा नं. १ मा टोल कमिटी गठन निर्माण कार्य सम्पन्न गरेको छ । समाजवादीले सुनाखरी टोलमा आकाश उप्रेती संयोजकत्वमा सहसंयोजक ररहने गरि १३ सदस्यीय टोल कमिटी गठन भएको जनाएको छ ।
यलम्बर/जोरधारा टोल कमिटी सुरोश लिम्बुको नेतृत्वमा सह–संयोजक कृष्ण राई संयोजकत्वमा ११ सदस्यीय टोल कमिटी गठन भएको छ भने बिशाल/त्रिबेणी टोल कमिटी संयोजक बिकल लिम्बू सहसंयोजक दुर्गा तामाङ ज्यूको संयोजकत्वमा ११ सदस्यीय टोल कमिटी गठन भएको छ ।
सम्झना/क्याम्पस टोल कमिटी संयोजक जीवन याख्खा राई र सह–संयोजक प्रमिला राई, शिखर/हलाइन टोल कमिटी संयोजक एटम भट्टराई र सहसंयोजक खेम मगर, अन्नपूर्ण/ बजार टोल कमिटी संयोजक क.मनिष ढकाल र सहसंयोजक अर्जुन शर्मा, हाइवे/मन्दिर टोल कमिटी, संयोजक मोहम्मद आलम सहसंयोजक सुकमाया राई, रत्नचौक टोल कमिटी संयोजक खगेन्द्र मगर सह–संयोजक क.अरुण लिम्बू रहेछन ।
सुन्दरबस्ती टोल कमिटी संयोजक दावा तामाङ सहसंयोजक सतिस लिम्बू गठन गरि सकिएको सो पार्टीका नेता जोन सुब्बाले बताएका छन ।

तपाईको प्रतिक्रिया