पथरी । १ नम्बर प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ५५ वटा बिभिन्न मुद्धा दर्ता गरेको छ ।
१४ वटा जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरीले यतिको सङख्यामा मुद्धा दर्ता भएको हो । नेपाल प्रहरीको १ नम्बर प्रदेश कार्यालयले जानकारी दिए अनुसार अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी लगायत शिर्षक छ । ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको जानकारी दिएको छ । अदालतबाट फैसला भएर कैद सजाय र जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार ब्यात्तीहरुलाई पक्राउ गर्न प्रहरी सफल रहेको जनायो ।

तपाईको प्रतिक्रिया