पथरी । नेपाल प्रहरीले बिराटनगर महानगरपालिका वडा नं.१६ स्थित भारतको जोगबनीबाट भन्सार छलेलेको सामान बरामद गरेको छ । बिभिन्न लत्ता कपडा सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउजहरु भन्सार नतिरी ल्याउदा प्रहरीले पक्राउ गरेको हो ।
बजार मूल्य अनुसार १ लाख ३९ हजार भन्दा बढीको लत्ताकपडा तथा खाध्यान्न सामान नेपाल भित्राउदै गरेको अबस्थामा प्रहरीले बरामद गरेको जानकारी दिएको छ । पक्राउ गरेको सामान आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया