पथरी । घरायसी सामन्य बिवादमा एक श्रीमानले श्रीमतीको हत्या गरेको छ । फुङलिङ नगरपालिका–९ हाङदेवाका ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले ५४ वर्षीया कान्छीमाया लिम्बुको हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार शुक्रबार साँझ श्रीमान श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा मृत्यु भएको जनायो । हाल शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनायो । हत्या गर्ने लिम्बुलाई प्रहरीले नियन्त्रणमा छन ।

तपाईको प्रतिक्रिया