
पथरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की ६८ बर्षीया दिल लक्ष्मी राईको पानीमा डुबेर मृत्यु भएको छ ।
शुक्रवार बेलुका करिब ५ बजेको समयमा खेतमा पानी लगाउन जान्छु भनि हिडेकी राईको कुलो खेतमा सिचाईको लागी ल्याएको कुलो डुबेर मृत्यु भएको हो ।
बेलुका अबेर सम्मा पनि घरमा नआए पछि खाजी गर्ने क्रममा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको प्रहरीको भनाई रहेको छ ।




