
तिम्मा । स्थानिय निर्वाचनबाट निर्वाचित साम्पाङ राई भाषी जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । किरात साम्पाङ राई जुम्लेखा नेपाल (सम्पाङ भाषी राईहरुको भाषिक संस्था) भोजपुरले नवनिर्वाचित जनप्रतिनिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राई, वडाध्यक्षहरुमा पौवादुङ्मा गाउँपालिका वडा नं. ४ का रमेश राई, षडानन्द ३ का साङदेम्वा राई, भोजपुर नगर पालिका १० का सुविन राईलाई सम्मान गरेको हो ।
सदस्यहरुमा भोजपुर नगरपालिका १० का दिलकुमार राई, रितामाया राई, षडानन्द नगरपालिका १४ का प्रविन राई, निर्मला राई, टेम्केमैयुङ गाउँपालिका १ तिम्माका सन्तोष राई र टेम्केमैयुङ गापा ७ का रमेशकुमार राई सम्मानित भएका थिए ।
सोही कार्यक्रममा संचारकर्मी राजन समीप साम्पाङ लाई समेत सम्मानित भएका थिए ।




