पाकिस्तान । तल्लो सदन नेसनल एसेम्ब्ललीका उपसभामुख क्वासिम खान सुरस्ले पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज गरि दिएका छन ।

 

उपसभामुख क्वासिम खान सुरीले आइतवार प्रधानमन्त्री इमरान खान विरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको ठहर गर्दै खारेज गरिदिएको त्याहाका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।
पाकिस्तानका विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि उपसभामुख सुरीले सदनको बैठकको अध्यक्षता गरेका थिए ।
प्रधानमन्त्री खान बिरुद्ध ल्याइएका अबिश्वासको प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका भए पनि प्रस्ताव खारेज भएपछि राजनितिक कोर्ष समाप्त भएको छ । यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया