पथरी । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका–५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

मंगलवार अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका–८ रामेछापका ३० बर्षीय बिजय लामालाई चेकजाँच क्रममा उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड–५ स्थितबाट माई नगरपालिका–२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका–५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया