

पथरी । मोरङ क्षेत्र न. ३ (क) मा नेपाली कांग्रेसले आज शनिवार उम्मेद्धवार टुङगाउने भएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का सचेतक सुयर्माराज राई र वन तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापा विच १ जनाको नाममा टिकटको टुङगो लाग्ने भएको हो ।
गत निर्वाचनमा सुयर्माराज राईले यस क्षेत्रबाट निर्वाचन जितेका हुन भने शेखरचन्द्र थापा समानुपातिकबाट सांसद हुदै मन्त्री बनेका हुन ।
शेखरचन्द्र थापा देउवा लाइनमा रहेको र सुयर्माराज राई कोइराला लाईनका हुन ।




