कोलम्बो । श्रीलंका देश स्थापना भएदेखी यताकै सबैभन्दा ठुलो आर्थिक शंकटले थिङथलो हुन पुगेको छ ।
३२ वर्षसम्मा सम्मा चलेको गृहयुद्धले समेत नगलेको श्रीलंकामा हाल आएर आर्थिक शंकटले ग्रस्त भए पछि आर्थिक शंकट सहित राजनितिक अस्थीरता समेत आएको हो ।

श्रीलंकामा बिहीबार भएको हिंसात्मक प्रदर्शन दैनिक बढ्दै गइ पछि अहिले देशभर संकटकाल घोषणा गर्न बाध्य भयो ।
आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा खाध्यन्न तथा पेट्रोलियम पर्दाथको भाउ आकासिएको छ भने राष्ट्रपति गोटाबाया राजापाक्षेले देशमा संकटकाल लगाउने निणर्य गरे पछि शान्तीपूणर् आन्दोलनको हिंसामा परिणत हुदै गइरहेको छ ।
श्रीलंकाको स्थानिय स्टेटहरु कोलम्बो साउथ, कोलम्बो नर्थ, कोलम्बो सेन्ट्रल र नुगेगोडा पुलिस डिभिजनबाट कर्फ्यू लागाएको सुचना त्याहाका संचार माध्यमहरुले उल्लेख गरेका छन ।
सरकारले संकटकाल घोषणा गर्दै देशको बिभिन्न स्थानमा कफुयू लगाएपछि दैनिक ज्याला मजदुरी गरि जीविको चलाउने मानिस भोकै मर्ने अवस्था रहेको अन्र्तराट्रिय समाचार संस्थाहरुले जनाएका छन । अहिले श्रीलंकामा विद्युत, पेट्रोल-डिजेल र यातायात सेवा नराम्ररी प्रभावित भएको छ भने जनताले अभाव भोगिरहेका छ । विद्यार्थीसँग पेपर अभाव भएकाले परीक्षा पनि स्थगित गर्नु पर्ने अवस्था छ ।






