पथरी । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीबीच स्थानिय निर्वाचनलाई लक्षित गरि बैठक बस्न थालेको छ ।
प्रदेश १ को राजधानी विराटनगरस्थित होटल स्टर्न स्टारमा शुक्रबार छलफल गर्नको लागी बैठक बसेको हो । केन्द्रीय स्तरमा भएका निणर्यहरुलाई कसरी कार्यान्वयन गर्ने विषयलाई बैठक बसेको थियो ।
नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी चन्द्रवीर राई नेपाली कांग्रेसबाट डिकबहादुर लिम्बू, नेकपा माओवादी केन्द्रबाट विजय विश्वास, र प्रकाश पौडेल, जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवले बैठकमा सहभागी भएका थिए ।
करिव २ घण्टासम्मा चलेको उत्त बैठकमा बोल्ने दलका नेताहरुले गठबन्धन गर्ने र आ-आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका लागी आउनु पर्ने विसयमा केन्द्रीत भएको समाजवादी पार्टीका नेता राईले बताए ।

तपाईको प्रतिक्रिया