
पथरी । अदालतले जेल चलानका आदेश सुनाएका २ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ ।
कटहरी गाउपालिका – ३ का ५८ बर्षीय राम बहादुर भण्डारी र धरान उपमहानगरपालिका – ५ का ३७ बर्षीय बुद बहादुर बिश्वकर्मालाई प्रहरीले जेल चलान गरेको हो ।
उच्च अदालत बिराटनगर मोरङको मिति २०७३ फागुन १८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र २५ हजार रुपैयाँ जरीवाना तोकिएका भण्डारी र लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८ पौष १२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएका बिश्वकर्मालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार चलान बताए ।





