खेटाङ । नेपाली काँग्रेस पार्टी साकेला गाउँपालिका वडा न. २ बाट वडाअध्यक्ष पदका लागी ३ जना उम्मेद्धवारको नाम सिफारिस गरेको छ । स्थानिय निर्वाचनमा ८ हजार ५ सय ४८ जना मतदाता सङख्या रहेको साकेला गाउँपालिकामा २ न. का लागी राजेन्द्र राई, धनपाल राई (अमर) र मनकुमार राई सिफारिस गरेको हो । यस्तै भोली २३ गते हुने उत्त पार्टीको गाउपालिका बैठकमा गाँउपालिका अध्यक्षका छलफल हुने बताइएको छ । गाँउपालिका अध्यक्ष पद्मा निर्वाचन लडनका लागी नेपाली कांग्रेसबाट सिजन राई, कबिराज राई, राम सम्पाङ, कृष्ण प्रसाद भट्टराई बिजय गुरुङ र रमेश खड्का नाम चर्चामा रहेको आएको छ ।
यदि गठबन्धनबाट निर्वाचनमा सहभागी हुन परेमा राजनिति सहमती अनुसार अगाडी बढेर जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया