संखुवासभा । नेकपा एमालेबाट वडा सदस्य निर्वाचित चैनपुर नगर पालिका वडानम्बर २ का वडा सदस्य कुशल तामाङ मृत अवस्थामा भेटिएको छ । मंगलवार वडा सदस्य तामाङको शव काठमाडौंमा भेटिएको हो । चैनपुर नगर पालिकाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिए अनुसार होटलमा मृत अवस्थामा फेला परेको थियो । खाना खाएर होटलमा सुतेको अवस्थामा परेको थियो । वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं गएका थिए । मृतक तामाङको शव बुधबार दिउँसो संखुवासभाको ताङ्लेवामा अन्त्येष्टि गरिएको छ । मृतक तामाङका श्रीमती र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया