दित्तेल । स्थानिय निर्वाचनको मिति नजिकिदै जादा खोटाङमा नेकपा एमालेको शुभ संकेत देखिएको छ ।
कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले एकातिर एमाले एक्लै हुदा पनि एमालेले सेटनै जित निकालेको छ ।
दुई वटा सामुदायिक विद्यालय ब्यवस्थापन समितिको निर्वाचनले स्थानीय तहको निर्वाचनकै झल्को दिएको थियो ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ को त्रिभुवन मावि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । निर्वाचनमा एमालेका उम्मेद्धवार चन्द्रकला भुजेलले ९४ मत, मन्दिरा बिकले ९१ मत, गणेश कार्कीले ८६ मत र डोरनिधि खत्रीले ८५ मत पाएर विजयी भए ।
गठबन्धनकातर्फबाट उठाइएका सरस्वती श्रेष्ठले ६० मत, शर्मिला बिकले ७१ मत, पर्शुराम राईले ७४ मत र तिर्थ भट्टराईले ७३ मत पाए । कुल एक सय ६९ मत खसेकामा १५ मत बदर भयो । त्रिभुवन मावि ऐसेलुखर्कको व्यवस्थापन समितिको ५ चैतमा भएको निर्वाचनमा पनि एमालेका उम्मेद्वारनै विजयी बनेका थिए ।

तपाईको प्रतिक्रिया