पथरी । साझा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धवार शेखरचन्द्र थापाको निधन भए पछि पुन: भोली कात्तिक २४ गतेका दिन उम्मेद्धवारले मनोनयन दर्ता गर्ने मिति तोकिएको छ ।
मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ३ अन्र्तगतको प्रदेश सभा निर्वाचन क्षेत्र न. १ का पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणानीको संसोधित निर्वाचन कार्यक्रम सार्वजानिक गर्दै मनोनयन दर्ताको मिति समय तोकिएको छ ।
२४ गते १० बजे देखी १ बजे सम्मा मनोनयन दर्ता गर्नुपर्ने, १ बजेदेखी २ बजेसम्मा मनोनयन दर्ता भएको उम्मेद्धवारको सुचि तयार पार्ने, २ बजेदेखी ३ बजेसम्मा उम्मेद्धवारको बिरोधमा उजुरी दिने कार्यक्रम सार्वजानिक गरेको हो ।
यस्तै गरि कात्तिक २४ गते ३ बजेदेखी कात्तिक २५ गते १२ बजेदेखी १ बजेसम्मा उम्मेद्धवार नामवली प्रकाशन गर्ने, १ बजेदेखी २ बजेसम्मा उम्मेद्धवारी फिर्ता लिने, २ बजेदेखी ३ बजेसम्माको समयमा उम्मेद्धवारको अन्तीम नामवली प्रकाशन गर्ने र ३ बजे ४ बजेसम्मा उम्मेद्धवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया