
पथरी । ८० वर्ष उमेर पुगेका लोकनाथ दाहाल राप्रपा उम्मेद्धवार रेखा थापालाई जिताउन अनुरोध गर्दै आइतबार छिमेकी बस्तीमा भेटिए ।
२०७४ सालको स्थानिय निर्वाचनमा पथरीशनिश्चरे ७ को लागी राप्रपाबाट वडा अध्यक्ष पदमा उम्मेद्धवारी दिएका थिए । फेरी २०७९ सालको निर्वाचनमा पनि पुन: वडा अध्यक्ष पदमा नै उम्मेद्धवारी दिएर १८ मत आएको थियो । उनि साइकलमा एक्लै पार्टीको झण्डा र घोषणापत्र राखेर जनताको घरमा जान्छन ।
८० वर्षको बृद ज्यान राजनितिमा निरन्तर लागी रहदा आत्मा सन्तुृष्टी मिल्ने गरेको बताउछन । अब आउने स्थानिय निर्वाचनमा पनि पार्टीले टिकट दिए पुन: निर्वाचन लडने हिम्मत रहेको बताउछन । हारजित जे सुकै होस, जित निकाल्नको चुनाबमा जाँदा हारियो भने जनताको मतको कद्धर गर्नै पर्छ । तेह्रथुम जिल्ला आङबुङमा जन्मेका
दाहाल अगुवा कृषक भन्न रुचाउछन । यस पटक २५ हजार बराबरको साग मात्रै बेचेको बताउदै अब काउली र फुलकोफी बेच्न तयारी अवस्थामा बनाएको बताए ।




