
पथरी । लेटाङ नगरपालिका वडा न. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवा मृत्यु भएको छ ।
२७ गते आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई सर्पले टोक्दा मृत्यु भएको हो ।
मृतक गजमेरले थाननि मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो ।
उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक गजमेरको आज सोमवार स्थानिय खोलामा जातिय परम्परा अनुसार अन्तीम संस्कार हुने स्थानिय संचारकर्मी डम्बर जाँतेलीले बताए ।
स्मरण रहोस सर्पदंस उपचार केन्द्र लेटाङमा रहेको नेपाली सेनाको क्याम्पमा उपलब्ध छ ।




