
पथरी । नेकपा एमाले पार्टीको नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेद्धवार रेखा थापालाई भोट मागेकी छिन ।
मोरङ क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेद्धवार रहेकी रेखा थापालाई नेतृ मानन्धरले “सामिल योद्धा” भन्दै जिताउन अपिल गरेकी हुन ।
नेकपा एमाले पार्टीको अधिकारिक उम्मेद्धवार भानुभत्त ढकाल हुदा हुदै नेतृ मानन्धरले आफना पार्टीको आधिकारिक उम्मेद्धवारसंग प्रतिस्पर्धा गरिरहेकी अर्का पार्टीका फरक उम्मेद्धवारलाई भोट माग्दा गम्भीर अर्थले हेरिएको छ ।
नेतृ मानन्धरले सामाजिक संजाल फेसबुकबाट मंगलबार भोट मागिदिए पछि चर्चाको बिषय बनी रहेको छ ।




