पथरी । प्रदेश न. १ सुनसरी क्षेत्र न. ४ (ख) बाट उम्मेद्धवार बनेर मनोनयन दर्ता गराएका सन्तोषकुमार मेहेताको उम्मेद्धवारी खारेज भएको छ ।
लोकतान्त्री समाजबादी पार्टी नेपालबाट उम्मेद्धवार बनेका मेहेताको उम्मेद्धवारी निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
मेहेताको उम्मेद्धवारी बहुबिवाह सम्बन्धी कसुर कैदसजाय पाएको ३ वर्ष पूरा नभएकोले मेहेताको उम्मेद्धवारी खारेजी भएको जनाइएको छ ।
मेहेताको उम्मेद्धवारी बद्धर भएसंगै निर्वाचनको मतपत्रहरु छपाइ भई सम्बन्धीत मतदान अधिकृतले बुझिसकेको र अर्को मतपत्र छाप्ने समय सिमा पनि नभएको हुनाले मेहेताको निर्वाचन चुनाव चिन्ह साइकलमा कुनै मत परे स्वात बद्धर हुने समेत जनाएको छ । कात्तिक ३० गतेको दिन निर्वाचन आयोगले प्रेश बिज्ञप्ती जारी गर्दै यो सुचना सार्वजानिक गरेको थियो ।

तपाईको प्रतिक्रिया