पथरी । प्रहरीले ४ जना युवालाई पक्राउ गरि झुम्का कारागार सुनसरी चलान गरेको छ । सुनसरी जिल्ला अदालतले २०७९असार १७ गतेको फैसलाको आदेश अनुसार उनिहरुलाई कारागार चलान गरेको हो । हात/हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ ।
कारागार चलान हुनेहरुमा धरान उप महानगरपालिका ६ का वर्ष ३२ मनि तामाङ, बर्ष २९ सिद्धार्थ राई, वर्ष ४२ रामबहादुर योञ्जन र वर्ष ३४ शम्भु दाहाल कारागार चलान गरेको प्रहरीले जानकारी दियो ।

तपाईको प्रतिक्रिया