पथरी । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई समाचार लेखेको विषयमा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी समाचार संकलनको कार्यमा खटि रहेको अवस्थामा पत्रकार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका ११ बाट राईलाई पक्राउ गरि साइवर क्राइम सम्बन्धी मुद्धा दर्ता गरि कारबाही अगाडी बढाएको थियो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको पूर्व सहसचिव किरात राई पत्रकार संघ उदयपुरको अध्यक्ष, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिव लगायत संघ सस्थामा अवद्ध छन ।
राईको रिहाईको माग गर्दै बिभिन्न संचार संगठनले पक्राउको बिरोध गरेको छन ।

तपाईको प्रतिक्रिया