

पथरी । चोरी मुद्धामा २ महिना ७ दिन कैद र २५ हजार जरिवाना सजाय पाएका ब्यत्ती कारागार चलान भएका छन ।
जेल चलान हुनेमा सुन्दरहरैचा नगरपालिका ६ मोरङका वर्ष २८ देव भनेर चिनिने दिपक विश्वकर्मा जेल चलान भएका हुन ।
यस्तै बुढीगंगा गाउँपालिका २ का वर्ष ३० मनिराम भनेर चिनिने मानिकचन्द्र ऋषिदेव रहेका छन ।
ऋषिदेव चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङले मिति २०७७ फागुन ६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।




