
पथरी । पथरीशनिश्चरे नगर पालिकाका पर्शुराम थापाले चलाएको ना. ३ ख २९०४ नम्बरको ट्रकले ठक्कर दिएर एक ब्यात्तीको ज्यान गएको छ ।
प्रदेश १ –०१–०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा झापाको कन्काई नगरपालिका–८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दियो । ट्रक चालक थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छन ।




