
पथरी । नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकार गजेन्द्र राई बिना सर्त रिहाईको माग गर्दै धर्ना दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा धर्ना र ध्यानाकर्षण पत्र बुझाउदै काल पट्टी बाधेर बिरोध जनाएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका सह सचिव तथा रेडियो नेपालका उदयपुर संवाददाता पत्रकार गजेन्द्र राईलाई पक्राउ गरि नेपाल प्रहरीको हिरासतमा लिएको छ ।




